अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । केही स्थानमा भारी र धेरै भारी वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।