काठमाडौं-उपसभामुख इन्दिरा रानामगर सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ।
उपसभामुख रानामगर चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन मङ्गलवार मध्यान्ह १२ बजे छेन्दु तर्फ प्रस्थान गर्नुभएको हो।
उहाँले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि प्रस्थान गर्नुभएको छ।
उपसभामुख रानामगर असार २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया