काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
आज बिहान देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। दिउँसो कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षा हुने पनि अनुमान महाशाखाको छ।
प्रतिक्रिया