अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने


काठमाडौं-सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

आज बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरुसँग बुधबारको बैठकमा छलफल गरिने उहाँले बताउनु भयो।