काठमाडौं- नारयणगढ मुग्लिन सडकको पहिरोमा परी बगेका दुईवटा बसमा कम्तीमा ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको सिमलताल भन्ने ठाउँमा सडक माथीबाट पहिरो खस्दा चितवनबाट काठमाडौं आउदै गरेको र काठमाडौंबाट गौर जाँदै गरेको बस पहिरोमा बगेर नारायणी नदीमा परेका हुन् । दुवै बसमा गरी कम्तीमा ५० जना यात्रु नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
वेपत्ताहरुको खोजीका लागि स्थानीयबासिन्दा, नेपाल प्रहरी,शसस्त्र प्रहरी र गोताखोरको परिचालन गरिएको छ ।
प्रतिक्रिया