काठमाडौं -कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।
गए राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो।
शर्माका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्।
डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।
उनीहरूको शव निकालिसकेको छ।




प्रतिक्रिया