अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिसुलीमा बेपत्ता भएका ६५ जना यात्रुहरुको खोजी गर्न मौसमको अवरोध, ७० जनाको टोली परिचालन

त्रिसुलीमा बेपत्ता भएका ६५ जना यात्रुहरुको खोजी गर्न मौसमको अवरोध, ७० जनाको टोली परिचालन


काठमाडौं – नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।