काठमाडौँ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरामा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गर्नुभएको छ।
आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिराबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो।
प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उहाँले आग्रह गर्नुभएको छ। बाढीपहिरामा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।
प्रतिक्रिया