अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन: पूर्वराष्ट्रपति भण्डारी

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ।

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ। उहाँले आचार्यलेप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताउनुभयो।