काठमाडौँ-प्रतिनिधिसभाको बैठक सोमबार (असार ३१ गते) दिउँसो १ बजेका लागि तय भएको समय सरेको छ। सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो।
‘विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
‘असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ।
प्रतिक्रिया