अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई समकक्षीको शुभकामना

प्रधानमन्त्री ओलीलाई समकक्षीको शुभकामना


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ।

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको नेकपा ९एमाले० का विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो।

उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।