अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले आइसिसी अवार्ड पाएकोमा प्रधानमन्त्री ओलीको बधाई

नेपालले आइसिसी अवार्ड पाएकोमा प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिनुभएको छ।

प्रधानमन्त्री ओलीले नेपालका खेलाडी र खेलप्रेमीका कारण नेपालले यसवर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा नेपाल क्रिकेट संघ (क्यान)लगायत सबै खेलसँग जोडिएकाहरूलाई बधाई दिनुभएको हो।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘शुभ बिहानी ! हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौँ । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । बधाई नेपाली !!’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको हो। २१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले अवार्ड जितेको क्यानले जनाएको छ ।

क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो ।

आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ