अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र इतिहास प्रशंसा गर्न लायक छ, तर खुसी हुनसक्ने अवस्था छैन: प्रधानमन्त्री ओली

देश र इतिहास प्रशंसा गर्न लायक छ, तर खुसी हुनसक्ने अवस्था छैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था  प्रशंसा गर्न लायक नभएको बताउनु भएको छ।

इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। उहाँले सरकारले देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताउनु भयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन। देश र इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। भविष्य उज्वल छ। त्यसमा कुनै शंका छैन। तर, आज सन्तोष मान्न र खुसी हुने अवस्था छैन। यस अवस्थालाई हामीले बदल्नैपर्छ।’