काठमाडौं-नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडा नियुक्त हुनुभएपछि मौद्रिक नीति माथि गहन छलफल सुरु भएको हो। नेपालमा मौद्रिक नीतिका ज्ञाता मानिने खतिवडा राष्ट्र बैंककका पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ। अघिल्लो ओली सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर मुलुकमा स्थिर अर्थतन्त्रको जग बसाल्न भूमिका खेल्नु भएका खतिवडासँग प्रधानमन्त्री ओलीले मौद्रिक नीति मुलुकको अर्थतन्त्र चलायमान हुने गरी आउनुपर्ने चासो राख्नु भएपछि खतिवडाले गभर्नर महाप्रसाद अधिकारीसँग संवाद गर्नुभएको बुझिएको छ। यसअघि राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो।
प्रतिक्रिया