अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रातभरीको वर्षाले काठमाडौंका नदीमा जलसतह सतर्कता भन्दा माथी

रातभरीको वर्षाले काठमाडौंका नदीमा जलसतह सतर्कता भन्दा माथी

सिन्धुपाल्चोकमा आकस्मिक बाढी आउन सक्ने चेतावनी


काठमाडौं – काठमाडौंमा गएराती देखि भएको भारी वर्षाका कारण जल सतह बढेको छ । वर्षाका कारण उपत्यकाका खोलाहरुमा जल सतह ह्वात्तै बढेको छ ।

वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।

वाग्मती, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह सतर्कता तह आसपास रहेको छ । नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।
विभागले सिन्धुपाल्चोकको भोटाङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर, दुवाचौर र आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको बताएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।