काठमाडौं – दुर्घटनामा परेको सौर्य एयरको जहाज पूर्ण परिक्षण (सि- चेक) लागि पोखरा उडन् लागेको थियो । सौर्य एयरका व्यवस्थापक मुकेस खनालले यो बेलालाई दिएको जानकारी अनुसार पोखरामा ह्यांगर भएकोले मरमत गर्न सहज होस भनेर जहाज प्राविधिक सहित पोखरा पठाइन लागेको थियो ।
दुर्घटनाको खबर सुनेर आफुहरु दुर्घटना स्थलमा पुग्दा सुरक्षाकर्मीले उद्धार जारी राखेकोले थप विवरण आफुलाई थाहा नभएको खनालले बताउनुभयो । उहाँका अनुसार जहाजबाट उद्धार गरेर धेरै यात्रुलाई अस्पतालतर्फ लगिएको छ ।
प्रतिक्रिया