काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुभएको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा शिवराज अधिकारीको सपथ समारोहमा उहाँले मौद्रिक नीतिले समर्थन पाएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो। हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ। तपाईँहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न सकोस् । नयाँ उचाई हासिल हुन सकोस् ।’





प्रतिक्रिया