अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको ‘निर्णायक बैठक’

सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको ‘निर्णायक बैठक’


काठमाडौं-संक्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा  बैठक शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा महान्यायाधिवक्ता रमेश बडाल, कानूनमन्त्री अजय चौरसिया सुरक्षा निकायका प्रतिनिधि पनि सहभागी छन्। 

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिवमा शर्मा सहभागी रहेका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ । टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको शुक्रबारको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए ।