अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ: प्रधानमन्त्री ओली

नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी देशहरुलाई बाघ उपहार दिनसक्ने बताउनु भएको छ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

बालबालिकाले राखेको प्रश्नमा ओलीले बाघको विकास आवश्यक भएको तर त्यो निश्चित क्षेत्रभित्र हुनुपर्ने बताउनु भयो।

नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएको उदाहरण दिँदै ओलीले भन्नुभयो, ‘म चीन जाँदा हाम्रा गैंडाको स्वास्थ्यबारेमा सोध्छु। भद्रको निधन भएको छ। अब अर्को दिनुपर्छ होला।’