अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन


काठमाडौं-सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न  समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको हो।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो।