अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशत छुट


काठमाडौं-ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। 

समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एण्ड रिसोर्ट प्रा.लि.का ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गर्नुभएको हो।

उक्त समझदारीअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्यान्डमार्क होटल एण्ड रिसोर्टको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 

बैंकका ग्राहकहरुले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन्।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको छ। बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ। 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै   आइरहेको छ।