काठमाडौं-उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीबीच शिष्टाचार भेटवार्ता भएको छ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षलाई गतिशील बनाएको छ।’
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया