अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता


काठमाडाैं-माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेशनल कन्सल्टेन्सी एसोशिएसन अफ नेपाल (इक्यान झापा)बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता पश्चात इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ। साथै इक्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढङ्गले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। 

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।