काठमाडौं-भारतीय विदेश सचिव विक्रम मिस्री आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । उहाँ सोमबारसम्म नेपालमा रहनु हुने छ।
भ्रमणका क्रममा उहाँले राजनीतिक भेटघाट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।






प्रतिक्रिया