अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्य निरुपण विधेयक प्रतिनिधि सभामा पेस

सत्य निरुपण विधेयक प्रतिनिधि सभामा पेस


काठमाडौँ-प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ।

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको हो।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो। विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो। सभापति सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताउनुभयो।

उहाँले मन्त्री फेरिएपिच्छे कर्मचारीहरुको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराउनुभयो।

आवको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन, २०८१ पेस गर्नुभयो।

बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराउनुभएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३० गते दिउँसो १ बजे बस्नेछ ।