काठमाडौं-पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको कैलाश हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ। नाइन एन एएमएल कलसाइन भएको धादिङको थाक्रे गाउँपालिका ७ आठकिलोमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो।
पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम. एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो।
पोखराबाट बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो।




प्रतिक्रिया