सिन्धुपाल्चोक-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिनुभएको छ।
मङ्गलवार मन्त्रालयका अधिकारीहरू सहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुग्नुभएका मन्त्री दाहालले निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाइ निर्माणलाई तीव्र बनाउन निर्देशन दिनुभयो।
कतिपय पुल निर्माणको कार्यमा ढिला सुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसूस हुने गरी सडकलाई व्यवस्थित बनाउन उहाँले निर्देशन दिनुभएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहित पुग्नु भएका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी, पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए ।

स्थानीय जनप्रतिनीधिहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्याउनले भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। अनुगमन तथा निरीक्षण टोलीमा रहनुभएका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाले खाडीचौर सुनकोसी पुल बनाउन जग्गा तथा मुआब्जाका कारण केही ढिलाइ भएको बताउनु भयो । यस्तै खागदल खोलामा बेलीब्रिजका लागि ठेक्का लागि सकेकाले चाँडै नै पूरा हुने उहाँको भनाई थियो।
स्थानीयबासीले सुनकोशी खोलामा निर्माणाधिन पुल निर्माणमा ढिलाई भइरहेको भन्दै पुल तथा सडकका संरचना निर्माणलाई गति दिन स्थानीयले माग गरेका थिए ।




प्रतिक्रिया