काठमाडौं-यती यती एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए)को आईएटीए स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट (आईएसएसए) कार्यक्रमको मापदण्ड हासिल गरेको छ।
उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण-पत्र उत्कृष्ट हवाइ सुरक्षा कायम गर्ने यती एयरलाइन्सलाई मात्र प्रदान गरिने कम्पनीले जनाएको छ।
यती यती एयरलाइन्सका सीईओ सुभाष सापकोटाले आईएसएसएको प्रमाण-पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित भएको बताउनु भयो। उहाँले हवाइ सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।
सापकोटाले भन्नुभयो, ‘हाम्रो सम्पूर्ण टोलीको परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाइ यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।’

आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व यती एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने उहाँको भनाइ छ।
यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाइ सेवा प्रदान गर्ने यती यती एयरलाइन्सको नयाँ मिसन रहेको कम्पनीले जनाएको छ। व्यापार विस्तारका क्रममा हवाइ सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती यती एयरलाइन्सले जनाएको छ।
त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ।
यती यती एयरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ।




प्रतिक्रिया