अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश सम्पर्क कमिटीद्वारा महिलालाई आत्मनिर्भर बनाउन तालिम दिने

एमाले कोशी प्रदेश सम्पर्क कमिटीद्वारा महिलालाई आत्मनिर्भर बनाउन तालिम दिने


कठमाडौं-नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको महिला विभागले हरितालिका ‘तीज’को अवसरमा महिलाहरूलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिने भएको छ।

“सीप सिकौ आत्मनिर्भर बनौ” भन्ने उद्देश्यले सम्पर्क कमिटीले यही भदौ ८ गते बिहान १०ः३० बजे कौशलटार पार्टी प्यालेस, कौशलटारमा तालिम दिन लागेको कोशी प्रदेश सम्पर्क कमिटिको उपसचिव एवं प्रचा–प्रसार तथा प्रकाशन विभागका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो।

२०८१ साउन २६ गते शनिवार एमाले कोशी प्रदेश सम्पर्क कमिटीको मासिक बैठकले तीजको अवसरमा कोशी प्रदेश अर्थात् १४ वटा जिल्लाबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोबास गरी सम्पर्क कमिटीमा आवद्ध महिलाहरूलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउनका निम्ति सीप प्रदान गर्ने उद्देश्यले तालिम दिने निर्णय गरेको उपसचिव गुरुङले बताउनुभयो।

तालिममा कोलिन कसरी बनाउने विषय सिकाइने उपसचिव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलाहरूमा सीपको विकास नभएसम्म समृद्ध कोशी प्रदेशको परिकल्पना गर्न नसकिने भएकाले सम्पर्क कमिटीले तालिम दिने लागेको हो। हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले तालिम दिन गइरहेका छौं, जसले आर्थिक उपार्जनका साथै आत्मनिर्भर बन्न सघाउ अवश्य पुग्नेछ। त्यसैले तालिम लिनका निम्ति एप्रोन, पन्जा, चस्मा र माक्स चाहिं आफ्नो लागि आफैं लिएर आउनुहुन अनुरोध छ।’

तालिम महिलाका लागि निकै उपयोगी सिद्ध हुने उपसचिव गुरुङले दाबी गर्नुभयो। उहाँले तालिममा सक्रिय सहभागी भएर सीप आर्जन गर्न आग्रह गर्नुभएको छ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्ष नवराज घिमिरे हुनुहुन्छ। यसैगरी कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने हुनुहुन्छ।

दोस्रो अधिवेशनबाट सम्पर्क कमिटीको अध्यक्ष नवराज घिमिरे हुनुभएपछि विभिन्न शिर्षकमा प्रशिक्षण, तालिम साथै जीवनउपयोगी काम लाग्ने खालको कार्यक्रम गर्दै आउनु भएको छ।