अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकारले सबै प्रकारको सहयोग गर्छ: अर्थमन्त्री पौडेल

स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकारले सबै प्रकारको सहयोग गर्छ: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनु भएको छ।

बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सबै सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्नुभयो। उहाँले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्नुभयो। 

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गर्नुभयो। 

उहाँले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताउनु भयो।

उहाँले सिर्जनाशील युवालाई उत्पादन, रोजगारीमा आबद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताउनु भयो।