अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को क्यालेन्डरबारे दलका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

संसद्को क्यालेन्डरबारे दलका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल


काठमाडौं-सभामुख देवराज घिमिरेले दलका मुख्य/प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ। संसद्को क्यालेन्डर तयारी लगायतका विषयमा उहाँहरूसँग छलफल गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 

साथै, संसद् बैठक प्रभावकारी रुपमा अघि बढाउनेबारे पनि छलफल भएको छ। 

संघीय संसद्को दुवै सदनको बैठक भोलि (बिहीबार) का लागि बोलाइएको छ। त्यसअघि सभामुख घिमिरेले सचेतकसँग छलफल गर्नुभएको हो।