अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदान गर्न छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।