अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज


काठमाडौं-चन्द्रागिरि नगरपालिका-१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार विहान तारसहितको प्रेसर कुकर झोलामा  घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उहाँले बताउनुभयो। 

शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताउनुभयो ।