अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं-मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। 

बिहीबार बस्ने यो बैठक नियमित हो। आजको बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषद्मा लग्न लाग्नुभएको हो।