अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाबाट टीआरसी विधेयक पारित

राष्ट्रिय सभाबाट टीआरसी विधेयक पारित


काठमाडौं-राष्ट्रिय सभाबाट प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ। 

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। 

२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १७ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।