काठमाडौं– तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको हो। पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस मस्र्याङदी नदीमा बसेको थियो।
उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन्। बसमा ४० बढी यात्रु रहेको अनुमान गरिएको छ । पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौं हिंडेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। घटनास्थलमा उद्धार कार्य जारी छ ।




प्रतिक्रिया