अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको विकास र स्थायित्व निम्ति कांग्रेस-एमाले सहकार्य: भानुभक्त ढकाल  

मुलुकको विकास र स्थायित्व निम्ति कांग्रेस-एमाले सहकार्य: भानुभक्त ढकाल  


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले अहिले देशमा एक खालको सकारात्मक परिवर्तनको प्रभाव देखिएको बताउनुभएको छ। 

शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले यो सकारात्मक प्रभावलाई अझ गति दिएर अघि बढाउनु पर्ने बताउनुभयो। अहिले मुलुकको राजनीति थोरै भए पनि परिवर्तन भएको छ, ठुला राजनीतिक दलहरू एक ठाउँमा आएका छन् र सबैलाई मिलाएर देश बनाउने अभियानमा लागेका छन्’, ढकालले भन्नुभयो । 

एमाले र कांग्रेस मात्रै मिलेर अरूलाई पाखा राख्ने कसैको बुझाइ छ भने त्यो गलत भएको उहाँले बताउनुभयो । मुलुकको विकास र स्थायित्व निम्ति कांग्रेस र एमालेले सबैलाई मिलाएर लैजाने उहाँले स्पष्ट पार्नुभयो। अहिलेसम्मको उपलब्धिको प्रमुख अगुवाइ कांग्रेस र एमालेले गरेको कुरा नबिर्सन ढकालले आग्रह गर्नुभयो। 

आवश्यक पर्छ भने नयाँ कानुन बनाएर र संविधान नै परिमार्जन गरेर भए पनि देशको हितमा काम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अहिलेको सरकार आएकोले सरकारले काम काम गर्न दिँदैन कि भन्ने नसोच्न ढकालले निजी क्षेत्रलाई आग्रह गर्नुभयो। आफू काम नगर्ने र अरूको पनि कुरा काट्ने प्रचलनलाई त्यागेर सहकार्यका साथ अघि बढ्न उहाँले निजी क्षेत्रलाई सुझाव दिनुभयो ।