अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय छानबिन समितिमा बयान दिन सभापति लामिछाने सिंहदरबारमा

संसदीय छानबिन समितिमा बयान दिन सभापति लामिछाने सिंहदरबारमा


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुग्नुभएको छ। उहाँ बयानका लागि सिंहदरबार पुग्नु भएको हो। उहाँको बयान थालिएको छ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो। 

सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो। लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिइसकेको छ।

उहाँमाथि पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको आरोप लाग्दै आएको छ।