अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री काठमाडौँमा

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री काठमाडौँमा


काठमाडौं-नेपालमा शुक्रबार तनहुँको आबुखैरेनीस्थित  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज (शनिबार) बिहान काठमाडौं आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै उहाँ दुर्घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुग्नुभएको छ।

घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। मन्त्री खड्सेसँगै भारतीय सांसद पनि आएको बताइएको छ। मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।