अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितिको सभापति चाहिए माओवादी र रास्वपालाई राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छाड्न गोकुलको चुनौती

लेखा समितिको सभापति चाहिए माओवादी र रास्वपालाई राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छाड्न गोकुलको चुनौती


काठमाडौं-नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिनुभएको छ।

समितिको आइतबारको बैठकमा माओवादी र रास्वपाका सांसदले विपक्षीलाई समितिको सभापति दिनुपर्ने भनेर पटक-पटक माग गरेपछि बास्कोटाले कडा प्रतिवाद गर्नुभएको हो। उहाँले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटक-पटक हमला नगर्न चेतावनी दिनुभयो।

बास्कोटाले भन्नुभयो, ‘समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौं, उपसभामुख पनि फेरौं अनि यहाँ पनि फेरौं। राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन। होइन सबै समितिमा निर्वाचन गरौं, यहाँ मसला बनाउने काम छैन। घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा।’ 

नेता बास्कोटाले आफूलाई लोकरिझ्याइँको मतलब नभएको र फेसबुके तथा युट्युबेले खेद्लान् भन्ने डर पनि नरहेको भन्दै भाइरल रोग समितिमा नभित्र्याउन चेतावनी समेत दिनुभयो। उहाँले अमनलाल मोदी, हरि ढकाललगायतका माओवादी र रास्वपाका सांसदलाई जवाफ दिनु भएको हो।