अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बिदाइ भेट गर्नुभएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे  जानकारी गराउनु भएको छ।

राजदूत भोल्क कार्यकाल पूरा गरी आजै स्वदेश फर्किने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गर्नुभयो। सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको ओलीको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको पनि सहभागिता थियो।