काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताउनु भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु अपराधिक क्रियाकलाप भएको समेत बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन। कसैलाई निर्दोषितमा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्। यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन।’
प्रधानमन्त्री ओलीले प्रहरीलाई काम गर्न पूर्णस्वन्त्रता रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ।’




प्रतिक्रिया