अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौं: प्रधानमन्त्री ओली

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौं: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान् मान्छे उत्पादन गर्न विश्वविद्यालयहरूले काम गर्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताउनुभएको हो। ‘गुरुहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ। त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन्। विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन।’

सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गर्नुभयो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा डा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुुभएको थियो।