अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको निर्देशन 

कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको निर्देशन 


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न निर्देशन दिनुभएको हो। उहाँले रु.१५ खर्बसम्म राजश्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार सङ्कलन हुन के के गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गर्नुभयो।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास  सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी हुनुहुन्थ्योl