अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँको तारकेश्वरमा १२ वर्षका बालकलाई खोलाले बगायो

काठमाडौँको तारकेश्वरमा १२ वर्षका बालकलाई खोलाले बगायो


काठमाडौँको तारकेश्वर नगरपालिका-४ मा खोलाले बगाउँदा एकजना बालक बेपत्ता भएका छन्। 

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।

आज साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।