अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो


तनहुँ-तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ। आयोजनाको चरण-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो।

उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उहाँले बताउनुभयो।  

दुई दिनअघि पनि व्यास नगरपालिका-२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो। उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो।