काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताउनुभएको छ।
एकछिनको प्रशंसामा खुशी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नभएको प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन। सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन।’
प्रधानमन्त्रीले सो स्टाटससँगै आफ्नो फेसबुक पेजमा एउटा भिडियो क्लिप पनि राख्नुभएको छ। आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको तर आफूले बेला-बेलामा ऐंना हेर्ने गरेकाले सत्य कुरा आफूलाई थाहा भएको उहाँले भिडियो मार्फत भन्नुभएको छ।
‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्, तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन, भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन्, तर म ऐना त हेर्छु नि ? कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर, ऐनाले सबै कुरा बताइहाल्छ नि नि !’ उहाँले भिडियोमा बोल्नुभएको छ।
भिडियो




प्रतिक्रिया