अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानबिन समितिले गर्‍यो अर्थमन्त्री र गभर्नरसँग छलफल

सहकारी छानबिन समितिले गर्‍यो अर्थमन्त्री र गभर्नरसँग छलफल


काठमाडौँ-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ। सिंहदरबारमा जारी आइतबार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी हुनुभएको हो।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी पनि छलफलमा सहभागी हुनुभएको छ।  यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो।

सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो।