अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ: अर्थमन्त्री पौडेल

चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ: अर्थमन्त्री पौडेल


काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चेक अनादर गर्ने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ। 

आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा भएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा  बोल्दै पौडेलले चेक अनादरलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो। त्यस्ता घटनामा संलग्नलाई कारबाहीको लागि कानूनमा व्यवस्था गरिने प्रबन्ध पनि यथार्थमा आधारित हुनुपर्नेमा पौडेलले जोड दिनुभयो।  

अर्थमन्त्री पौडेलले हरेक कानून बनाउँदा व्यवहारमा टेकेर बनाउनुपर्ने बताउनुभयो। ‘चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ, त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ, अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानूनी तवरले काम कारबाही हुनुपर्छ, कानूनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्‍यो भन्ने हो’, अर्थमन्त्री पौडेलले भन्नुभयो। 

अर्थमन्त्री पौडेलले बैङ्किङ कसुरमा गल्ती र कमजोरीको प्रकृति हेरेर सजायका व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस कुरामा सधैँ हेक्का राख्नु पर्ने पौडेलले बताउनुभयो। ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ’, पौडेलले भन्नुभयो ।