अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड


काठमाडौँ-हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो। हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खोलिएको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ।